Music Track Original Song
VIDEO केटा: हे टाढै बाट आइहाल्ने गन्ध, जति खायो उति नै आनन्द… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल । आइहाल्ने गन्ध, जति खायो उति नै आनन्द… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२ केटी: हे सधैँ आउँछौ उधारो खान्छौ, पैसा हुँदा काँ जान्छौ काँ जान्छौ… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल । उधारो खान्छौ, पैसा हुँदा काँ जान्छौ काँ जान्छौ… लाउरे दाइको बोली असल…, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२ केटा: हे तिम्रो रुपै राम्रो हो साउनी, रिसाए नि यहीँ आउन मन लाउनी… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल । राम्रो हो साउनी, रिसाए नि यहीँ आउन मन लाउनी… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२ केटी: हे तिमी जस्तो पर्दैन आउन, राम्री राम्री जता छन् त्यहीं जाउ न… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल । पर्दैन आउन, राम्री राम्री जता छन् त्यहीं जाउ न… लाउरे दाइको बोली असल…, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२ केटा: हे साँझ परेसी जसरी भा'नी, मन मान्दैन एक गिलास नतानी… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल । जसरी भा'नी, मन मान्दैन एक गिलास नतानी… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२ केटी: हे सधैं कल्ले ख्वाउँछ र फिरि, दिन्न आज अस्तिको नतिरी… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल । ख्वाउँछ र फिरि, दिन्न आज अस्तिको नतिरी… लाउरे दाइको बोली असल…, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२ केटा: हे लेउन बरु सुकुटी पका'र, दुइचार बोटल बियर नि टकार… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल । सुकुटी पका'र, दुइचार बोटल बियर नि टकार… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२ केटी: हे सुको छैन गोजीमा चिनियो, मैले सित्तै ल्याइछु र दिनी हो… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल । गोजीमा चिनियो, मैले सित्तै ल्याइछु र दिनी हो… लाउरे दाइको बोली असल…, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२ केटा: हे जब लाउरे हिन्दछन बाटामा, किन जान्छौ समाउन हातमा… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल । लाउरे हिन्दछन बाटामा, किन जान्छौ समाउन हातमा… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२ केटी: हे यो संसारमा जो संग दाम छैन, उसले डाहा गरेर काम छैन… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल । (जो संग दाम छैन, उसले डाहा गरेर काम छैन… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२ केटा: हे म पनि त जिम्बालको सालो हो, हिंङ नभा'नि हिङ बान्या टालो हो… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।) जिम्बालको सालो हो, हिंङ नभा'नि हिङ बान्या टालो हो… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२ केटी: हे जब बोटल बनाउँछौ आधा, भन्न थाल्छौ मै ठुलो मै दादा… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल । बनाउँछौ आधा, भन्न थाल्छौ मै ठुलो मै दादा… लाउरे दाइको बोली असल…, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२ केटा: हे अंश दिया थे गैरी खेत बाले, सबै भ्याइयो खोइलाको बिर्काले… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल । गैरी खेत बाले, सबै भ्याइयो खोइलाको बिर्काले… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२ केटी: हे तिम्रो कामै तीनपाने खानको, कहिले बेचेउ बुढीको कानको… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल । तीनपाने खानको, कहिले बेचेउ बुढीको कानको… लाउरे दाइको बोली असल…, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२ केटा: हे लग्यो मलाई एक तिर टेक्या छु, साउनी तिमीलाई झन् राम्री देख्या छु… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल । एक तिर टेक्या छु, साउनी तिमीलाई झन् राम्री देख्या छु… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२ केटी: हे बढी नहोउ खाउला नि कुचो, लाएपछी मुखभन्दा हात छुचो… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल । खाउला नि कुचो, लाएपछी मुखभन्दा हात छुचो… लाउरे दाइको बोली असल…, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२ केटा: हे लडीहाल्छु हेरे नि भइँतिर, गाउँका कुकुर आइलाग्छन् मै तिर… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल । हेरे नि भइँतिर, गाउँका कुकुर आइलाग्छन् मै तिर… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२ केटी: हे भोलि आउनु हिसाब दिई जानु, अब कहिले जाँड रक्सि नखानु… लाउरे दाइको बोली असल, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल । हिसाब दिई जानु, अब कहिले जाँड रक्सि नखानु… लाउरे दाइको बोली असल, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२ केटा: हे भोलिदेखि गर्न्नेछु घरको काम, छुँदै छुन्न तीनपाने रामाराम… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल । गर्न्नेछु घरको काम, छुँदै छुन्न तीनपाने रामाराम… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२ केटी: हे गर्दिन म बेच्नी र पार्नी, रक्सी रैछ दुनिया बिगार्नी… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल । बेच्नी र पार्नी, रक्सी रैछ दुनिया बिगार्नी… लाउरे दाइको बोली असल…, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२
####### Original Song ########
0 Comments: