झ्यालबाट हेर त्यही बाटो आउँछु, देखिनौ भने मै सिठ्ठी लाउँछु ।
ओइऽऽ झ्यालबाट हेर त्यही बाटो आउँछु, देखिनौ भने मै सिठ्ठी लाउँछु ।
इशारैै गरेर डाकम्ला… यो कुरा गोप्य नै राखम्ला ।
ओइऽऽ यो कुरा गोप्य नै राखम्ला, ओइऽऽ यो कुरा गोप्य नै राखम्ला ।
मायाको बारी सुन्तला घारी, झटारो हानी सुटुक्कैै झारी ।
ओइऽऽ मायाको बारी सुन्तला घारी, झटारो हानी सुटुक्कैै झारी ।
कस्तो छ दुवैले चाखम्ला… ओइऽऽ यो कुरा गोप्य नै राखम्ला ।
ओइऽऽ यो कुरा गोप्य नै राखम्ला, ओइऽऽ यो कुरा गोप्य नै राखम्ला ।
🎶 music 🎶 music 🎶 music 🎶
मायालुले लाइदेउ न एउटा गुन, मायालुलाई लाइदिउँला कानमा सुन;
अैंचोपैंचौ गर्न नि पाइन्न र, तिमीलाई नि पिरती चाइन्न र ।
दश औंला जोडी लाख बिन्ती गर्छु, तिमीले हस् भने बैकुण्ठै तर्छु;
ओइऽऽ दश औंला जोडी लाख बिन्ती गर्छु, तिमीले हस् भने बैकुण्ठै तर्छु ।
फुल राखी देउराली भाकुम्ला, ओइऽऽ यो कुरा गोप्य नै राखम्ला ।
ओइऽऽ यो कुरा गोप्य नै राखम्ला, ओइऽऽ यो कुरा गोप्य नै राखम्ला ।
केहि हुन्न नजिकै सर न, भए हुन्छ बिचार त गर न;
आँखा जुधाउ पर्दैन झुकाउन, फुल बास्ना सक्दैन लुकाउन ।
मौरीलाइ घार चरीलाइ गुँड, मनैकी चरी मनैमा उड;
ओइऽऽ मौरीलाइ घार चरीलाइ गुँड, मनैकी चरी मनैमा उड ।
साँझैमा मुटुले ढाकम्ला… ओइऽऽ यो कुरा गोप्य नै राखम्ला ।
ओइऽऽ यो कुरा गोप्य नै राखम्ला, ओइऽऽ यो कुरा गोप्य नै राखम्ला ।
ओइऽऽ यो कुरा गोप्य नै राखम्ला, ओइऽऽ यो कुरा गोप्य नै राखम्ला ।
ओइऽऽ यो कुरा गोप्य नै राखम्ला… ।
####### Original Song ########