हरित्तो रित्तो छु म, छैनन् बाँकी कुनै, अरु चाहना,
सुन्य सुन्य भो मन, बिलाईसके सबै जिउने बहाना;
घर जलेर आज खरानी भो सबै,
मन डढेर आज बिरानी भो कठै।
संगी, डुब्दै छु तिम्रो यादमा, संगी जल्दै छु तिम्रो यादमा;
संगी… संगी… मेट्दैछु भाग्य हातमा, मेट्दैछु भाग्य हातमा ।
~~~Music~~~Music~~~Music~~~
यो समय पनि त कति निठुर भएर,
खोसी लग्यो मेरा खुशीहरु;
डुबाई जीवन यो आँसुको आहालमा,
चुँडि लग्यो मेरा बिपनाहरु;
हरपल हरक्षण भाग्यले लुटिरहेछ,
छटपटाई रहेछन मेरा टुहुरा रहरहरु ।
संगी, डुब्दै छु तिम्रो यादमा, संगी जल्दै छु तिम्रो यादमा;
संगी… संगी… मेट्दैछु भाग्य हातमा, मेट्दैछु भाग्य हातमा ।
🎶 music 🎶 music 🎶 music 🎶
यो विश्वास पनि त कस्तो बिष रहेछ,
आँखा मै मर्यो मेरा आशाहरु;
छिया छिया बनाई अर्ध मृत पारी,
बगाई लग्यो मेरा आस्थाहरु;
हो… आज किन आकाश मै माथी खसिरहेछ,
जलिरहेछन यी मनका कामनाहरु।
संगी, डुब्दै छु तिम्रो यादमा, संगी जल्दै छु तिम्रो यादमा;
संगी… संगी… मेट्दैछु भाग्य हातमा, मेट्दैछु भाग्य हातमा ।
####### Original Song ########